कञ्चनपुरमा मृत दम्पती फेला,हत्याको आशंका

कञ्चनपुरमा एक जना दम्पती मृत अवस्थामा फेला परेका छन्।

tiropati

जिल्लाको लालझाडी गाउँपालिका–१ बिनवारीमा रमेश्वर बडायक र कमला बडायकको शव फेला परेको हो। उनीहरू श्रीमान–श्रीमती हुन। लालझाडी गाउँपालिका–१ का वडाध्यक्ष प्यारेलाल रानाले रातिको समयमा टाउँको फुटेको अवस्थामा उनीहरूको शव फेला परेको बताए।

प्रदेश प्रहरीबाट अनुसन्धानका लागि कुकुरसहितको टोली घटना स्थलमा पुगेको छ। कञ्चनपुर प्रहरीको टोली पनि घटनास्थलमा छ।उनिहरुको टाउकोमा धारिलो हतियार प्रहार गरेर हत्या भएको हुनसक्ने प्रहरीको आकलन छ ।महिलाको मुखमा समेत चोट लागेको छ। चिकित्सकले घाउ जाच परीक्षण गरेपछि कस्तो प्रकारको चोट लागेको भन्नेबारे पत्ता लाग्ने प्रहरी स्रोतले बताएको छ । उनीहरूको हत्या गरिएको देखिएपनि अनुसन्धान जारी रहेको कञ्चनपुर प्रहरीले बताएको छ। घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय धनगढीबाट तालिम प्राप्त कुकुरसहितको टोली पनि लालझाडी पुगेको छ।

 

bhariv
Leave A Reply

Your email address will not be published.