लिपुलेक–कालापानी हुँदै भारत–चीन व्यापार सम्झौताप्रति नेकपा(एमाले) दार्चुलाको आपत्ति

नेपाल कम्युनिष्ट पार्टी (एमाले) दार्चुला जिल्ला कमिटीले लिपुलेक–कालापानी क्षेत्र हुँदै भारत र चीनबीच भएको भनिएको व्यापार सम्झौताप्रति कडा आपत्ति जनाएको छ।
भदौ ७ र ८ गते बसेको जिल्ला कमिटी बैठकपछि जारी विज्ञप्तिमा अध्यक्ष ज्ञानेन्द्र घर्तीद्वारा भनिएको छ कि अतिक्रमित नेपाली भूमि प्रयोग गरी भएको गतिविधि नेपालको सार्वभौमिकता र स्वाभिमानमाथिको सीधा आघात हो।

tiropati

विज्ञप्तिमा भनिएको छ, “नेपाली भूमिमा कुनै पनि प्रकारको व्यापार, आवतजावत वा गतिविधि हुन सक्दैन। यो नेपालको सार्वभौम अधिकारमाथिको हस्तक्षेप हो।”

एमालेले सरकारले तत्काल कूटनीतिक पहल गरेर भू–अधिकारको रक्षा गर्न ठोस कदम चाल्न आग्रह गरेको छ। साथै, घटनालाई सामान्य रूपमा नलिन चेतावनी दिँदै यसले भारत, चीन र नेपालको त्रिपक्षीय सम्बन्धमा नकारात्मक असर पार्न सक्ने भनाइ राखिएको छ।

दार्चुला एमालेले नेपाली जनता, नागरिक समाज, बुद्धिजीवी, युवा तथा विद्यार्थी सबैलाई राष्ट्रिय स्वाभिमानको रक्षा गर्न एकजुट हुन आह्वान गरेको छ।

bhariv
Leave A Reply

Your email address will not be published.