अछाममा छाउगोठमा सुतेका दुई जनाको मृत्यु

अछाममा छाउगोठमा सुतेका दुई जनाको पहिरोले किचेर मृत्यु भएको छ भने अन्य एक जना घाइते भएकी छन् । प्रहरीका अनुसार उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो ।

उनीहरु पञ्चदेवल विनायक नगरपालिका–८, सेलापानीस्थित चुरखोलीमा त्रिपाल टाँगेर सुतेकै अवस्थामा पहिरो खसेको कुरा जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

tiropati

प्रहरी निरीक्षक टेकबहादुर बोहोराका अनुसार घटनामा ३५ वर्षीया निमा खनाल र सात वर्षीया कविता भण्डारीको मृत्यु भएको छ। बालिकाकी आमा ३६ वर्षीया रत्ना भण्डारी घाइते भएकी छन्।

‘दुवै महिला महिनावारी भएकाले घरभन्दा टाढा त्रिपाल टाँगेर सुतेका थिए,’ निरीक्षक बोहोराले भने, ‘सोही क्रममा माथिबाट खसेको पहिरोले निमा र कवितालाई पुर्‍याएको छ। रत्ना भण्डारीको टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी छन्।’

घाइते रत्नाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनास्थल दुर्गम भएकाले विस्तृत विवरण संकलन भइरहेको जनाएको छ।

 

bhariv
Leave A Reply

Your email address will not be published.