कारागारमा मारिएका चौधरीको शव परिवारले बुझे

कैलाली कारागारमा गत शुक्रबार भएको हिंसात्मक आक्रमणमा मारिएका भरत चौधरीको शव आफन्तले बुझ्ने भएका छन्।

कारागार भित्र कैदीबंदीको दुइृ समुह बिच भएको झडपमा धनगढी उपमहानगरपालिका–४ का ३७ वर्षीय भरत चौधरीको मृत्यु भएको थियो ।
जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगन हमाल सहितको छलफलमा माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि मृतकका आफन्त शव बुझ्न राजी भएका हुन्।

tiropati

परिवारले हत्यामा संलग्न कैदीबन्दीको पहिचान गरी कानूनी कारबाही गर्नुपर्ने र मृतककी १५ वर्षीया छोरीलाई निःशुल्क शिक्षा दिनुपर्ने माग गरेका थिए। धनगढी उपमहानगरपालिकाले छोरीको शिक्षाको जिम्मा लिने र अन्य संघसंस्थाबाट सहयोगको पहल हुने भएपछि सहमति भएको मृतकका भाइ विजय चौधरीले बताए।

लागुऔषध मुद्दामा ६ महिनादेखि कैद भुक्तान गरिरहेका चौधरीको कारागारभित्र कैदीबन्दीबीचको झडपमा मृत्यु भएको हो।

घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ, जसलाई १० दिनको समय दिइएको छ।

यसअघि सुदूरपश्चिम प्रदेश सरकारले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिसकेको छ।

 

bhariv
Leave A Reply

Your email address will not be published.