रेशमको रञ्जितालाई आग्रह– घुस ‘डिल’ प्रकरण बारे केन्द्रीय समितिमा जवाफ दिनुपर्छ

धनगढी– नागरिक उन्मुक्ति पार्टी (नाउपा) पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठमाथी घुस डिलको आरोप लागे पछि पार्टीका संरक्षक रेशम चौधरीले डिल बारेमा अध्यक्षले स्पष्टिकरण दिनुपर्ने बताएका छन । उनले पार्टीको केन्द्रिय समितिमा घुस डिलको आरोपबारे श्रेष्ठले स्पष्टिकरण दिनुपर्ने बताएका हुन ।

tiropati

नाउपा अध्यक्ष श्रेष्ठलाई कास्कीको लिची बगैँचाको जग्गा हत्याउन घुस मागेको आरोप लागेको छ । यस विषयमा भ्वाइस टेस्टका लागि अध्यक्ष श्रेष्ठ बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग उपस्थित भएकी थिइन् ।

त्यसपछि बिहीबार सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै उनकै पतिसमेत रहेका पार्टी संरक्षक चौधरीले पार्टीका कार्यकर्ता र जनता पनि अन्योलमा परेकाले त्यस विषयमा केन्द्रीय समिति बैठकमा जवाफ दिन आग्रह गरेका हुन् । ‘एउटा मुखले मात्रै बोलेर हुँदैन । केन्द्रीय समितिमा आएर बोल्नुभयो भने भोलि लाख मुखले तपाईंको पक्ष वा विपक्षमा कुराकानी गर्ला । पार्टीलाई बन्धक वा निरंकुश बनाउन पाइँदैन । यसको निकास तपाईंले नै दिनुपर्छ । तपाईंले भन्नुपर्छ’ उनले भनेका छन ।

bhariv
Leave A Reply

Your email address will not be published.