
कैलाली –सोमवार राती ६.२० बजेको समयमा लागू औषध चरेश कारोवार
भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट
खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, गोदावरी न.पा.१ भरतपुर स्थित सोही ठाउँ बस्ने बर्ष ५९
को सहदेव भण्डारीको घरमा खानतलासी गर्दा ५४५ ग्राम लागू औषध चरेश जस्तो देखिने कालो
पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको छ। त्यसै गरि सोमवार राती नै त्यसै समयमा जिल्ला प्रहरी कार्यालय
कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ७ मनेहराबाट सोही
ठाउँ बस्ने बर्ष २९ को प्रकाश रानालाई १८० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने
धुलो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको ।पक्राउ परेका दुबै जना माथी थप अनुसन्धान भईरहेको प्रहरी स्रोतले जनाएको छ ।
