सुदूरपश्चिम प्रदेश सरकारको बजेट अझै अन्योलमा

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको बजेट अझै अन्योलमा रहेको छ ।योजना कार्यान्वयन गर्ने बेला सम्म पनि सुदूरपश्चिम सरकारले बजेट ल्याउन नसकेपछि विकास निर्माणका काम प्रभावित हुने देखिएको छ । योजनाहरू कार्यान्वयनको प्रक्रिया सुरु गर्नुपर्ने समयसम्म पनि बजेट नआएपछि चालू आवको बजेट कार्यान्वयनमा समस्या हुने देखिएको हो ।

चालू आर्थिक वर्ष ०८१र८२ को दुई महिना बित्नै लाग्दासमेत प्रदेश सरकारले बजेट ल्याउन सकेको छैन । बजट नआउँदा विकास निर्माणका काम रोकिनुका साथै कर्मचारीले पनि २ महिना देखि तलब खान पाएका छैनन ।

tiropati

अघिल्लो सरकारले ल्याएको बजेट प्रदेश सभाबाट पारित हुन नसकेपछि १ साउनदेखि पूरै प्रदेश सरकार बजेटविहीन अवस्थामा छ । साउन २२ गते शपथग्रहण गरेपछि मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा बजेटविहीनताको अवस्था अन्त्य गर्ने बताएका थिए । तर, उनले कार्यभार सम्हालेको एक महिना बढी समय वितिसक्दा पनि बजेट आउन सकेको छैन । बजेट ल्याउन ढिलाई हुँदा स्वास्थ्य जस्तो सम्बेदनशिलक काम समेत प्रभावित भएको छ ।

बततबचष्थब जयकउष्तब
िआर्थिक मामिला मन्त्रालयले भने केही दिनमै बजेट ल्याउने तयारी भइरहेको जनाएको छ । ‘यतिवेला योजनाको फिल्ड हेर्ने, प्रारम्भिक र विस्तृत अध्ययन प्रतिवेदन बनाउने समय हो,’ पूर्वाधार विकास कार्यालय कैलालीका प्रमुख रामचन्द्र खत्रीले भने, ‘अहिलेसम्म बजेट नआएकाले स्वाभाविक रूपमा कार्यान्वयनमा असर पर्छ नै ।’

आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले यो महिनाभित्रै बजेट ल्याउने गरी निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन । बजेटको पुनरावलोकन गर्नुपरेकाले पनि केही समय लागेको उनको भनाइ छ ।

bhariv
Leave A Reply

Your email address will not be published.