धनगढी – प्रधानमन्त्री केपी शर्मा ओली मंगलवार कैलाली आउने भएका छन् । एउटा जल विद्युत् आयोजनाको उद्घाटनका लागि प्रधानमन्त्री साउन १३ गते कैलाली आउन लागेका हुन ।

ओलीले जानकी गाउँपालिका–९ मा निर्मित कटासे हाईड्रोपावरको उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा एमाले सुदूरपश्चिम प्रदेशका सचिव रणबहादुर चन्दले बताए ।
बिहान १० बजे कैलाली पुगेर ओलीले रानिजमरा स्थित रानिजमरा ईन्टेक कर्णाली चिसापानीको अवलोकन गर्ने र, त्यसपछि कटासे हाईड्रोपावरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
