यूएईका मुस्ताफाले सुदूरपश्चिम र इंग्ल्याण्डका म्याट क्रिटले पोखराबाट एनपीएल खेल्ने

काठमाण्डौ – यूएईका अलराउन्डर रोहन मुस्ताफाले सुदूरपश्चिम रोयल्स र इंग्ल्याण्डका म्याट क्रिटले पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।

सुदूरपश्चिमले चौथो विदेशी खेलाडीका रूपमा मुस्ताफालाई टोलीमा अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जनाएको छ । योसँगै सूदूरपश्चिमले विदेशी खेलाडीको कोटा पूरा गरेको छ ।

tiropati

त्यस्तै इंग्ल्याण्डका अलराउण्डर म्याट क्रिटले पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् । पोखराले अलराउन्डर म्याटलाई हिजो अनुबन्ध गरेको हो । म्याटले अस्ट्रेलियाको बिग बाश लिग खेलेका छन् । उनले अहिलेसम्म राष्ट्रिय टोलीबाट भने खेलेका छैनन् ।

पोखराले म्याटलाई चौथो विदेशी खेलाडीको रूपमा अनुबन्ध गर्दै चार जना विदेशी खेलाडीको कोटा पूरा गर्ने पहिलो टोली बन्यो । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा एनपीएलको पहिलो संस्करण आउँदाे मङ्सिर १५ देखि पुष ६ गतेसम्म हुनेछ ।

उज्यालो खबर बाट शाभार

bhariv
1 Comment
  1. Bart says

    What an intriguing article! The website’s seamless navigation made it even more
    enjoyable to explore.

    Also visit my website – infiniti-salon.com

Leave A Reply

Your email address will not be published.