दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु

tiropati

दार्चुलाः दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

बुधवार मेलामा घाँस काट्ने क्रममा भिरबाट लडेर उनको घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार शैल्यशिखर नगरपालिका–६ का ५० वर्षीय तारासिंह डागाको भिरबाट लडेर मृत्यु भएको हो। डागा साविकको ग्वानी गाविस वार्ड नम्वर–७ का पूर्व वार्ड सदस्य हुन ।उनि २०५४ सालमा एमालेबाट वडासदस्यमा निर्वाचित भएका थिए ।

bhariv
Leave A Reply

Your email address will not be published.