अछाम कालिका सेवा समितीको प्रथम  साधारण सभा सम्पन्न

साथै निर्विरोध नयाँ समिति चयन

कैलाली :अछाम कालिका सेवा समितीको प्रथम साधारण सभा गोदावरी नगरपालिका वडा नम्बर ५ गेटामा शनिबार सम्पन्न भएको छ ।

सुदुदुरपश्चिम प्रदेश सरकारका  सामाजिक बिकास मन्त्री माननीय मेगराज खड्का प्रमुख अतिथि रहनु भएको उक्त  कार्यक्रमको अध्यक्षता अछाम कालिका समिती गेटाका अध्यक्ष प्रति सिंह बुढा  रहनु भएको थियो ।

tiropati

कार्यक्रममा  सामाजिक बिकास मन्त्री खड्काले टेलिफोन  मार्फत शुभकामना दिदै आफू विविध कारण बस उपस्थित हुन सकेको जानकारी गराउदै “प्रदेश सरकारको बिकासको दीर्घकालीन बिकास र हाल भै गरेका बिकास कार्यका बारेमाजानकारी गराए  ।

सामाजिक बिकास मन्त्री  खड्काले  समाजले अछाम  पुर्ख्यौली घर भई हाल कैलालीको विभिन्न ठाउँमा बसोबास गरि रहनु भएका अछामिहरु बिच एक–आपस भाइ–चारा को सम्बन्ध कायम स्थापित गर्दै आफ्ना धर्म संस्कार,संस्कृति र रिति–रिवाजहरुको जगेर्ना गर्दै समाजले अबलम्बन गरेका बिबिध समाजिक कार्यहरुलाई अझै बृहत् रुपमा अगाडि बढाउन समाजको उत्तरोत्तर प्रगति र सधारण सभाको सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।

कार्यक्रमका बिशिस्ट अतिथि गोदावरी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष सुद्धिराम चौधरीले  एक–आपस भाइ–चारा को सम्बन्ध कायम स्थापित गर्दै आफ्ना धर्म संस्कार,संस्कृति र रिति–रिवाजहरुको जगेर्ना गर्दै समाजले अबलम्बन गरेका काम  प्रती समाजलाई धन्यवाद व्यक्त गर्दै वडा बाट गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।

त्यसैगरी कार्यक्रमका बिशिस्ट अतिथि बिश्व हिन्दु संस्था सुदुरपश्चिम प्रदेशका अध्यक्ष महेन्द्र राज पन्तले  हामीले आफ्नो साँस्कृतिको जोगेर्ना गर्नु पर्ने कुरामा जोड दिनु भयो ।साथै उहाले अहिले हाम्रो देशमा बिदेशी रितिरिवाज भित्रिदै छ,हामीले अब बिदेशी रितिरिवाजको सट्टामा आफ्नो ठाउँमा भएको उत्पादनलाई प्रथामिकिता दिनु पर्ने बताउनुभयो ।

समाजका उपाध्यक्ष सरला कुमारी खड्काले स्वागत  मन्तब्य  राख्नु भएको कार्यक्रमको संचालन सचीव मक्र बहादुर बोहराले गर्नु भएको थियो । कोषाध्यक्ष मान बहादुर सेट्टिले संस्थाको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने अध्यक्ष प्रती सिंह बुढाले प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रम बाट संस्थाका हितमा काम गर्ने विभिन्न ब्याक्तिलाई सम्मान समेत गरिएको छ ।
साथै आजै सम्पन्न साधारण सभा बाट निर्विरोध  गोर बहादुर बुढाको अध्यक्षतामा १३ सदस्यीय अछाम कालिका समिति गठन गरेको छ ।जसमा उपाध्यक्ष मान बहादुर सेट्टि ,सचीव मक्र बहादुर बोहरा,सहसचिव लोकेन्द्र धामी ,कोषाध्यक्ष गोकुल ठकुल्ला, सदस्य भुपेन्द्र बोहरा लगायतका रहेका छन् ।

bhariv
Leave A Reply

Your email address will not be published.