काठमाडौं ।बजार व्यावस्थापन तथा बिक्री कर्मचारी संघ(ओम्स)नेपालको प्रथम महाअधिवेशनको बुटवलमा हुने भएको छ ।

नेपालका राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीका बजार बिक्री तथा व्याबस्थापन कार्यमा संलग्न कर्मचारीहरु आबद्ध बजार व्यावस्थापन तथा बिक्री कर्मचारी संघ(ओम्स)नेपालको पहिलो महाधिवेशन बुटवलमा हुन गैरहेको छ ।
सघंका केन्द्रिय उप–महासचिव जनक ढकालले दिएको जानकारी बमोजिम पहिलो महाअधिवेशनको सफलताका लागी बिभिन्न उपसमिती बनाइ तयारी कार्य तिब्ररुपले अगाडी बढिरहेको छ। ढकालले दिएको जानकारी अनुसार बुटवलको अम्रपाली होटलमा भाद्र ८ गते बिहान १० बजे देखि शुरु हुने महाधिवेशनको उद्धघाटन ने.क.पा.(एमाले)का पोलिटब्युरो सदस्य तथा जिफन्टका केन्द्रिय अध्यक्ष विनोद श्रेष्ठले गर्ने छन।
२०८० साल भाद्र २६ गते नेपाल सरकार श्रम बिभागमा दर्ता भएर संगठन शुरु गरेको ओम्सले छोटो समयमा नै सातै प्रदेशमा आफनो संगठन बिस्तार गर्न सफल भएको छ ।हाल आएर देशै भरिमा यस संगठनका पाँच हजार भन्दा बढी सदस्य रहेका छन ।यस संगठनले ने.क.पा.(एमाले)को भातृ संगठन जिफण्टको २२ औं घटकको रुपमा मान्यता प्राप्त गरेको छ ।
