गोदावरी – ५ ले गर्‍यो आर्थिक वर्ष २०८२÷०८३ का लागि बजेट सार्वजनिक

धनगढी, कैलालीको गोदावरी नगरपालिका वडा नं ५ को वडा भेला सम्पन्न भएको छ। शनिवार बडा कार्यालयको सभा हलमा वडाध्यक्ष सुद्धिराम चौधरीको अध्यक्षतामा सम्मपन्न भएको नवौं बडा भेलामा नगर प्रमुख विरेन्द्र भट्ट प्रमुख अतिथि रहनुभएको थियो भने नगर उपप्रमुख शारदा देवी रोकाया विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भएको थियो।

वडाध्यक्ष चौधरीले आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न भएका योजना तथा कार्यक्रमहरूको समिक्षा गर्दै आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रमहरू प्रस्तुत गरेका थिए। उनले आगामी वर्षका लागि गोदावरी नगरपालिकाको बजेट सिल्लिङ्गबाट ७० लाख रुपैयाँ र जनसंख्या तथा विकासको अवस्थालाई मध्यनजर गर्दै आन्तरिक आयको आधारमा थप ३१ लाख ५५ हजार ३७ रुपैयाँ गरी जम्मा १ करोड १ लाख ५५ हजार ३७ रुपैयाँ बजेट विनियोजन गरिएको प्रस्तुति वडा भेलामा राखेका छन् ।

tiropati

बजेटलाई आर्थिक क्षेत्र, सामाजिक क्षेत्र, पूर्वाधार क्षेत्र, वन तथा वातावरण, सुशासन तथा अन्य विविध क्षेत्रहरूमा विनियोजन गरिएको छ। प्रस्तुत गरिएको नीति तथा कार्यक्रमहरूमा कृषि तथा पशुपालन, सिँचाइ, उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थापन, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन, सहकारी तथा गरिबी निवारण, स्वास्थ्य तथा पोषण, शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद, महिला, बालबालिका तथा समाज कल्याण क्षेत्रलाई प्राथमिकताका साथ समेटिएको छ।

त्यस्तै, खानेपानी तथा सरसफाइ, सडक तथा यातायात व्यवस्था, शहरी विकास, सूचना तथा सञ्चार, जलविद्युत तथा वैकल्पिक ऊर्जा, स्थानीय पूर्वाधार विकास, वन तथा भू-संरक्षण, जलवायु परिवर्तन, फोहोरमैला व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण, जलजन्य प्रकोप नियन्त्रण, मानव संशाधन तथा संस्थागत क्षमता विकास, स्रोत परिचालन र स्थानीय योजना तथा तथ्याङ्क व्यवस्थापनलाई समेत समेटिएको छ।

वडा भेलामा स्थानीय जनप्रतिनिधि, सरोकारवालाहरू, बुद्धिजीवी, संघसंस्था तथा आम नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उपस्थित सहभागीहरूले प्रस्तुत नीति तथा कार्यक्रमहरूमा आवश्यक सुझाव तथा सुधारका माग राख्दै युवा नेता चौधरीको कार्यकालमा गरेका रचनात्मक कामहरुको प्रसंसा समेत गरेका थिए ।

वडाध्यक्ष चौधरीले आगामी दिनमा जनताको आवश्यकता र सहभागितालाई आधार मानेर बजेट कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

 

bhariv
Leave A Reply

Your email address will not be published.