२४ वैशाख, धनगढी। पूर्वमन्त्री एवं वामपन्थी नेता प्रदीप नेपालको ७२ बर्षको उमेरमा निधन भएको छ । ।
मंगलबार दिउँसो नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएका नेता नेपालको हिजै दाहसंस्कार गरिएको छ ।उको कुनै श्रद्धाञ्जली सभा नराखिने भएको छ ।नेकपा एमालेका नेता समेत रहेका नेपालको परिवारकै आग्रह अनुसार पार्टी कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम नराख्ने निर्णय भएको केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।

परिवारकै आग्रह अनुसार श्रद्धाञ्जलीका कुनै कार्यक्रम राखिएका छैन,’ उनले भने, ‘पशुपतिस्थित विद्युतीय शवदाह गृहमा आजै अन्त्येष्टि गरिनेछ ।’
त्यस्तै, प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि श्रद्धाञ्जली सभामा उपस्थित नभएतापनि ने क पा (एमाले)का उपाध्यक्ष बिष्णु पौडेलले राष्टिय झण्डा आढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए। आलीको सचिवालयका अनुसार परिवारकै इच्छा अनुसार श्रद्धाञ्जली सभा नहुने भएपछि ओली अन्तिम संस्कारमा सहभागी नहुने भएका हुन् ।
एमालेमा कुनै बेला प्रभावशाली नेता रहेका नेपाल पछिल्लो समय पार्टी गतिविधिबाट निष्क्रिय थिए । उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा सूचना, सञ्चार तथा प्रविधिमन्त्री थिए । त्यसपछि शिक्षामन्त्री पनि बनेका थिए ।
२०६५ सालको आठौं महाधिवेशनमा महासचिव, ०७१ सालको नवौं महाधिवेशनमा उपाध्यक्ष पदको उम्मेदवार थिए । तर, दुवै चुनावमा उनी पराजित बन्न पुगे ।
