धनगढी । कैलालीको बाह्रवन साझेदारी वन व्यवस्थापन समितिको अध्यक्षमा युवा नेता तथा समाजसेवी टेकबहादुर बूढाको सशक्त उम्मेदावरी परेको छ ।
आउँदो बैशाख ११ गते हुने निर्वाचनमा अध्यक्ष पदमा बुढा लगायत अन्य तीन जनाको उम्मेदवारी दर्ता भएको छ । सरल स्वभाव र सबैलाई समेटेर लैजान सक्ने खुवी भएका बूढा सो समितिका पूर्व उपाध्यक्ष पनि भएकाले अन्य भन्दा बलिया उम्मेदवारको रुपमा परिचित रहेको बताइएको छ ।

यस्तै उपाध्यक्षमा चन्द्र बहादुर लामिछाने मगर, राज बहादुर ऎर र टेक बहादुर कुँवरले उम्मेदवारी दिएका छन् ।
सो वनमा १ सय ४६ मतदाता रहेका छन् । गोदावरीका ८ वडा , धनगढीका ८, गौरीगंगा का ४ वडा र चुरेको एक वडाका स्थानीय उपभोक्ता रहेका छन् ।
आगामी पांच बर्षको लागि १७ सदस्यीय नयाँ कार्य समिति चयन हुने भएको हो। सुदुरपश्चिम कै पहिलो उक्त साझेदारी बनमा नयाँ नेतृत्व लिन हानथाप हुने देखिन्छ ।
