कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ६ ,वनबेहडामा रहेको बाह्रवन साझेदारी वन उपभोक्ता समूहको चुनाबी साधारण सभाको उद्धघाटन सम्पन्न भएको छ ।
जिल्ला कै ठुलो र पहिलो साझेदारी बनमा नयाँ नेतृत्व को लागी दौडधुप शुरु भएको छ।
उक्त बनमा अध्यक्षका लागी १५ जना आकांक्षी देखिएका छन्।

बिहिबारको साधारण सभा मार्फत ३ महिला र १२ जना पुरुष गरि १५ जनाले आकांक्षा व्यक्त गरेका हुन् ।
नयाँ नेतृत्वमा सहमती नहुने भएपछि उजिर सिंह कुँवरको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन पनि गरिएको छ।
अध्यक्षको दौडमा पूर्व उपाध्यक्ष समेत रहि सकेका टेक बुढा,सस्थापक अध्यक्ष श्याम खड्का,डण्डीराज सुवेदी, विर बहादुर चोखाल, हेमप्रकाश उप्रेती, जानकी पाठक, सिता चौधरी, विक्रम विश्वकर्मा, हेम विष्ट, पहल विक्रम चन्द, भिम प्रसाद गौतम, धर्मराज भट्ट, मदन राज ओझा,अर्जुन बोगटी, सत्य कुमारी सिंह रहेका छन् ।
बाह्रवनमा कैलालीका चार वटा पालिका गौरीगंगा,गोदावरी,धनगढी र चुरे गरि २१ वटा वडाबाट ४८ हजार ८४८ उपभोक्ता रहेका छन् ।
