नेकपा (एमाले)का नेता नारदमुनि रानाले सुदुपश्चिम प्रदेश सरकारका बन, उधोग तथा बाणिज्य मन्त्री संग आफ्नो नाम जोडेर बदनाम गर्न खोजेको बताएका छन ।
उनले सामाजिक संजालमा बाहिर आएको अडियो को चर्चा बेकारको बहस भएको बताएका छन् ।
धनगढीमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै न्युजमा आएको कुरा र अडियो को बीचमा कुनै तालमेल नभएको जिकिर गरे।

अडियो कट गरेर जोडेको देखिन्छ । म त प्रदेश उधोग बाणिज्य मन्त्री लक्ष्मण किशोर चौधरीले बोलाएर क्वाटरमा गएको हुँ । उहाँले दाइ भन्नू हुन्छ,त्यही भएर सुझाव माग्न बोलाएकोले म गएको हुँ । आफुले जानेको सुझाव पनि दिएको हुँ। अरु त त्यहाँ के के भयो त्यो अडियो कहाँबाट आयो,कहाँ कहाँ जोडियो त्यो थाहा हुने कुरो भएन ।
पुर्बमन्त्री समेत रहेका नेता रानाले अडियो प्रकरणमा आफ्नो नाम जोडेको कुरा प्रमाणित भए पार्टीले जुनसुकै सजाय पनि भोग्न तयार रहेको बताए।
उनले पार्टी भित्रकै जिम्मेवार मान्छेका स्वकियहरु आफू विरुद्ध लागेको सुचना प्राप्त भएको बताउँदै रानाले उक्त सुचना पार्टीका इन्चार्ज र महासचिव समक्ष पुर्याउने बताए ।
केही दिन अधि उक्त अडियो सार्बजनिक भएपछि उधोगमन्त्री चौधरीले राजीनामा दिएका छन् ।
