बिहीवार धनगढीमा नेपाल उधोग तथा व्यवसायी महासंघको कैलालीको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा डिल्लीराज गडतौला सर्बसम्मत चयन भएका छन ।

नेकपा(एमाले) को भातृ संगठन नेपाल उधोग तथा व्यवसायी महासंघको मनमोहन स्मृती भवन धनगढीमा सम्पन्न भएको कैलालीको दोस्रो जिल्ला अधिवेशनबाट गडतौलाको नेतृत्वमा १९ सदस्यीय जिल्ला कमिटी सर्बसम्मत चयन भएको छ । यस अधि उनि सचिव थिए भने टेक बहादुर बुढा अध्यक्ष रहेका थिए ।उक्त कार्यक्रमको प्रमुख अतिथी महासंघका केन्द्रिय उपाध्यक्ष तथा सुदुपश्चिम प्रदेश कमिटी ईन्चार्ज सूर्य बहादुर थापा,प्रमुख बक्ता नेकपा(एमाले)का कैलाली जिल्ला कमिटी अध्यक्ष यज्ञराज ढुंगाना र बिशिष्ट अतिथीमा महासंघका सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिर बहादुर साउद,जिल्लाको बिभागीय ईन्चार्ज कृष्णा कुमारी बिष्ट लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।
जिल्ला अध्यक्ष टेक बहादुर बुढाको अध्यक्षतामा बसेको उक्त अधिबेशनको उदघाटन सत्रको समापन पछिको बन्द सत्रबाट लम्किचुहा का गडतोला सर्ब सम्मत अध्यक्षमा निर्वाचित भएका हुन ।त्यसै गरि सचिवमा धनगढीका छेदालाल चौधरी र कोषाध्यक्ष्यमा गोदावरी कि डम्मा देवी खड्का निर्बाचित भएका छन ।
