नेकपा(एमाले)ले गर्यो स्वर्गीय भट्टको परिवारलाई आर्थिक सहयोग

tiropati

फागुन–३,धनगढी –नेकपा(एमाले) जिल्ला कमिटी कैलालीले स्व.मीनराज भट्टको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

नेकपा(एमाले) गोदावरी नगरपालिका वार्ड नम्बर ५ का वार्ड कमिटी सदस्य मिनराज भट्टको १५औं पुण्य तिथीमा नेकपा(एमाले) कैलाली जिल्ला कमिटी अध्यक्ष यज्ञराज ढुंगाना,जिल्ला सचिवालय सदस्य तथा वित्त विभाग प्रमुख टेक ब.बुढा,वडा ईन्चार्ज लोकेन्द्र धामी, वडाध्यक्ष सुद्धिराम चौधरी सहितका नेताहरुको उपस्थितिमा स्व. भट्टको श्रीमती र आमा बुबालाई श्रद्धाञ्जली सहितको फोटो फ्रेम तथा कृया खर्च स्वरुप रु ५१००/- प्रदान गरेको छ ।उक्त श्रद्धाञ्जली कार्यक्रममा अध्यक्ष ढुगांनाले एमाले अब देखि जिवन रहुन्जेल मात्र होईन जिवन पछि पनि आफ्ना सदस्यहरुको साथमा रहने कुरा बताएका छन । उनले स्व. भट्टले पार्टीमा अतुलनिय योगदान पुर्याएको र उनको अवसानले पार्टीले एउटा होनहार सदस्य गमाएको जिकिर गरेका छन साथै उनले स्व.भट्टको परिवारलाई सान्त्वना दिदै सदैब पार्टी साथमा रहने कुरा बताएका छन । स्व. मिनराज भट्टको यहि माघ १९ गतेका दिन ४४ बर्षको उमेरमा हृदयघातको कारण असामुहिक निधन भएको थियो ।

 

bhariv
Leave A Reply

Your email address will not be published.