
कैलाली–लम्कीचुहा नगरपालिका–१, पूर्व लम्कीस्थित सडकमा सु.प.प्र. ०१(००१ ख ९९६
नम्बरको बसको ठक्करबाट एक जना पैदलयात्री घोडाघोडी नगरपालिका–३ बस्ने ३८ वर्षीय दिपक कडेलको
शनिबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लालरत्न अस्पताल
लम्की हुँदै टिकापुर अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले
नियन्त्रणमा लिएको कुरा प्रहरी स्रोतले जानकारी गराएको छ।
