कोशी प्रदेशका सांसद लिलाबल्लभ अधिकारी पक्राउ

कोशी प्रदेशका सांसद लिलाबल्लभ अधिकारी पक्राउ परेका छन ।

मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारीलाई विराटनगरस्थित उनकै घरबाट पक्राउ गरी प्रहरीले काठमाडौं ल्याउन लागेको हो।

दिउँसो २ बजेसम्म उनलाई यति एयरलाइन्सको जहाजबाट काठमाडौं ल्याइने तयारी छ।

अधिकारीमाथि पदको दुरूपयोग गर्दै गैरकानुनी तरिकाले मानिसहरू जापान पुर्‍याउन खोजेको आरोप छ।

अधिकारी कोशी मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नै नलिई जापान उडेका थिए।

तर त्यहाँको अध्यागमनले मन्त्री अधिकारीसहित उनीसँगै गएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटालाई डिपोर्ट गरेपछि यो प्रकरणको सार्वजनिक भएको थियो।

tiropati

डिपोर्ट भएपछि उनले नैतिकताका आधारमा भन्दै पदबाट राजीनामा दिएका थिए।

जापानले डिपोर्ट गरेका तीन जना अहिले प्रहरी हिरासतमा छन्। उनीहरुको बयानका आधारमा प्रहरीले जुगल रिजाल, वीरबहादुर सुनुवार र महेश पाण्डे पनि सोही अभियोगमा पक्राउ परेका छन्।

पक्राउ परेकाहरूले आफूहरूले जापान जानका लागि १० देखि १३ लाख रूपैयाँसम्म बुझेको प्रहरीलाई बताएका छन्।

डिपोर्ट भएका दुई जनाको साथबाट प्रहरीले मन्त्रालयको नक्कली परिचय पत्रसमेत बरामद गरेको थियो। जसमा निमित्त कार्यालय प्रमुख भनेर तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीको नै हस्ताक्षर छ।

अधिकारीमाथि गम्भीर आरोप लागेपछि एमालेको कोशी प्रदेश कमिटीले शनिबार मात्रै अधिकारीलाई पार्टीको कुनैपनि जिम्मेवारीमा नरहने गरी कारबाही गरेको थियो।

शनिबार नै बसेको एमाले सचिवालय बैठकले पनि अधिकारीलाई कारबाही गर्ने कोशी प्रदेश कमिटीको निर्णयलाई अनुमोदन गरेको थियो।

एमालेले उक्त आरोपमाथि अनुसन्धानका लागि सरकारलाई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिसकेको छ।

bhariv
Leave A Reply

Your email address will not be published.