नेपाल रानाथारु समाजको केन्द्रीय अध्यक्षमा कमलसिह राना निर्वाचित

धनगढी–नेपाल रानाथारु समाजको ७ औं महाधिबेशनबाट केन्द्रीय अध्यक्षमा कमलसिंह राना निर्वाचित भएका छन्।

अध्यक्षका अर्का उम्मेदवार ओमप्रकाश रानाले १० मत मात्रै पाउँदा कैलाली धनगढीका कमलसिंह रानाले ३२९ मत पाएका थिए । यस्तै अध्यक्षमा कल्लु रानाले ५ मत पाउँदा रवि राना र प्रेमवति रानाले १-१ मत पाएका थिए । अर्का कल्लुराम राना र बहादुर रानाथारुले एक मत पनि पाएनन् ।

tiropati

अहिलेसम्म सर्वसम्मत नेतृत्व चयन भएपनि पहिलो पटक चुनाव मार्फत नेतृत्व चयन गरिएको हो । कुल ६४६ मतदाता संख्या रहेकामा ३७५ मत खसेको थियो ।

अध्यक्षमा कमल सिंह राना निर्वाचित हुँदा उपाध्यक्षमा कन्दकला राना र डिठ्ठा राना निर्वाचित भएका छन। कन्दकला राना धनगढी उपमहानगरपालिकाकी उपप्रमुख पनि हुन् । महासचिवमा तीर्थराज राना ,सचिवमा साहेब राना, भजना राना र कोषाध्यक्षमा चन्दा किरण राना निर्वाचित भएका छन।

तइसै गरि सदस्यहरूमा अम्लेस राना, गोदावरी राना, दान सिंह राना, रमिता राना , लालमनी राना, शिवचरण राना, सरिता राना, सामु राना निर्वाचित भएका छन ।

निर्वाचनबाट १५ सदस्यीय कार्यसमिति चयन भएको छ । थप १ महिला र १ पुरुष मनोनीत गरिने निर्वाचन समितिका अध्यक्ष प्रेम चन्द रानाले बताए।

bhariv
Leave A Reply

Your email address will not be published.