मुख्यमन्त्री शाह भोली बुधबार विश्वासको मत लिदै

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले भोली बुधबार भित्र विश्वासको मत लिने तयारी गरेका छन् । शाहले प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै बुधबार विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन भनेका हुन् ।

सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बुधबारलाई विश्वासको मत लिनेगरी मुख्यमन्त्रीबाट पत्र आएको बताए । ‘सचिवालयमा पत्र आएको छ । मंगलबार प्रदेशसभाको बैठक पनि छ ।

tiropati

मंगलबारको बैठकपछि बुधबार विश्वासको मतको लागि बैठक राख्ने नराख्ने निर्णय हुन्छ’, सूचना अधिकारी जैशीले भने। शाह एमालेको समर्थनमा गत साउन २० गते मुख्यमन्त्री नियुक्त भएका हुन् ।

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १८ सांसद छन्। ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। सात सांसद रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि सरकारमा सहभागी छ। मुख्यमन्त्री शाहको पक्षमा नेकपा (एमाले) का ११ र उन्मुक्तिका सात सदस्य रहेका छन्।

विपक्षमा रहेका नेकपा (माओवादी केन्द्र) का सभामुख सहित ११, नेकपा एकिकृत समाजवादी पार्टिका चार, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक र स्वतन्त्र एक रहेका छन्।

 

bhariv
Leave A Reply

Your email address will not be published.