बंगलादेशमा तनाव बढेपछि स्वदेश फर्किए नेपाली विद्यार्थी (तस्बिरहरू)

बंगलादेशबाट १७ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन्।

बंगलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरू स्वदेश आएका हुन्।

tiropati

आरक्षणको विरोधमा आन्दोलन चर्कंदै गएपछि त्यहाँ अध्ययनरत विद्यार्थीका परिवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स्वदेश फर्काइदिन आग्रह गरेका थिए।

प्रधानमन्त्री ओलीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको बताएका थिए।

बंगलादेशमा सरकारी सेवा प्रवेशमा स्वतन्त्रताका लागि लडेका सन्तानका लागि छुट्याइएको आरक्षणको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन्। करिब तीन हजार नेपाली विद्यार्थी बंगलादेशमा रहेका ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ।

bhariv
Leave A Reply

Your email address will not be published.