ओम्स नेपालको उपाध्यक्षमा ठकुल्ला र उप–महासचिवमा ढकाल निर्वाचित

धनगढी –ओम्स नेपालको केन्द्रिय कमिटीको पदाधिकारीमा सुदुरपश्चिमबाट उपाध्यक्षमा डम्मर बहादुर ठकुल्ला र उप–महासचिवमा जनक ढकाल गरि दुइ जना सर्बसम्मत चयन भएका छन ।
बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपालको प्रथम महाधिवेशनवाट अध्यक्षमा सुर्य पराजुली सहित २६ सदस्यीय केन्द्रिय समिती सर्वसम्मत गठन गरिएको छ।पराजुलीको अध्यक्षतामा गठित समितीमा वरिष्ठ उपाध्यक्षमा बसन्तराज सिग्देल तथा उपाध्यक्षहरुमा क्रमशः राजन कार्की, डम्मरबहादुर ठकुल्ला र शैलेस न्यौपाने निर्वाचित भएका छन् । त्यस्तै गरि संस्थाको महासचिवमा नवराज भुर्तेल, उप महासचिवमा जनक ढकाल र बाबुराम पौडेल तथा सचिव पदमा क्रमशः किशोरबाबु पुरी , पंकजकुमार मिश्र र सुवास कुमार श्रेष्ठ, कोषाध्यक्षमा सुर्य पराजुली (ख) निर्वाचित भएका छन् । समितिको केन्द्रीय सदस्य १४ जना गरि २६ जनाको समिति निर्वाचित भएका छन् भने बाँकी ९ जनाको पछि मनोेनित गरिने छ ।

tiropati

नेपाल ट्रेड युनियन महासंघ ( जिफन्ट) नेपालका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले शनिबार बुटवलमा उद्घघाटन गर्नु भएको उक्त महाधिवेशन बाट ऋषि अधिकारी को संयोजकत्व मा राष्ट्रिय प्रतिनिधि परिसद पनि गठन गरिएको छ परिसद को सहसंयोजक मा युबराज खनाल चयन हुनुभएको छ ।

ओम्स नेपाल मजदुरहरुको ट्रेड यूनियन संस्था जिफन्टसँग आबद्ध संस्था हो । महाधिवेशनमा बजार व्यवस्थापन तथा बिक्री कर्मचारीका हक हित, उनीहरुलाई सामाजिक सुरक्षा सहित सम्मानजनक तलब , बीमा लगायतका विषयमा छलफल हुने र सरकारसंग श्रमिकमैत्री नीति निर्माणका लागि पहल गर्ने छ।नेपाल भरि छरिएर रहेका बजार प्रतिनिधिहरुलाई संगठित गराउँदै उनीहरुको हकहितका लागि संस्थाले काम गर्दै आएको छ ।

देशभरका करिब ५ हजार जना सदस्य रहेको संस्थाको महाधिवेशनमा प्रतिनिधि र पर्यवेक्षक गरि करिब सात सयको उपस्थिति रहेको थियो ।

bhariv
Leave A Reply

Your email address will not be published.