काठमाडौं । बजार व्यवस्थापन तथा विक्री कर्मचारी संघ (ओम्स) नेपालको पहिलो राष्ट्रिय महाधिवेशन बुटवलमा हुने भएको छ ।

भाद्र ८ गते सम्पन्न हुन गैरहेको प्रथम महाअधिवेशनलाइ भव्यताका साथ सम्पन्न गर्नको लागी संस्थाले अध्यक्ष सूर्यप्रसाद पराजुलीको संयोजकत्वमा मुल आयोजक समिति सहित बिभिन्न उप समितीहरु गठन गरेको संस्थाका केन्द्रिय उपाध्यक्ष डम्मर ठकुल्ला ले जानकारी गराएका छन ।उनले
जानकारी दिए अनुसार यो संस्था नेपाल ट्रेड युनियन महासंघ जिफन्ट मा आवद्ध सस्था हो ।यसको प्रथम पटक हुन गैरहेको महाअधिवेशनलाइ सफल बनाउनको लागी उपमहासचिव जनक ढकालको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, सूर्यप्रसाद पराजुली (बी)को संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, ऋषि अधिकारीको संयोजकत्वमा अतिथि सत्कार उपसमिति गठन गरेको छ ।
यस्तै, राम भण्डारीको संयोजकत्वमा स्टेज तथा गेट सजावट उपसमिति, देवप्रसाद शर्माको संयोजकत्वमा सुरक्षा तथा स्वयंसेवक परचिालन उपसमिति, हरि चुदालीको संयोजकत्वमा व्यवस्थापन तथा दर्ता उपसमिति, विजय पाण्डेको संयोजकत्वमा स्वास्थ्य शिविर उपसमिति, हरि कुवरको संयोजकत्वमा खाना तथा नास्ता उपसमिति, अमर बस्नेतको संयोजकत्वमा सुपरिवेक्षण तथा रेखदेख समिति र युवराज खनालको संयोजकत्वमा संघसंस्था समन्वय उपसमिती गठन गरिएको छ ।
संस्थामा देशभरका करिब ५ हजार जना सदस्य रहेका छन ।
