
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले भोलि शुक्रबारका दिन प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। रानाथारु समुदायको खख्डेहरा पर्वको अवसरमा प्रदेश सरकारले चैत ८ गतेका दिन सार्वजनिक बिदा दिएको हो।
कैलाली, कञ्चनपुरमा बसोबास रहेको यो समुदायले होरी पर्वको अन्तिम दिन खख्डेहरा फुटाएर होरीको समापन गर्ने गर्दछन् । रानाथारु समुदायले एक महिना आठ दिनसम्म मनाउने होरी (होली) पर्वको महत्वपूर्ण दिन खख्डेहरा मानिन्छ।
