एकसय एकको आँखाको निःशुल्क शल्यक्रिया

टीकापुर । कैलालीको भजनीका १०१ जनाको आँखाको शल्यक्रिया भएको छ । असोज ११ गतेदेखि १३ गतेसम्म भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको शिविरमा ८२६ जनाको आँखाको जाँच भएको छ । जमध्ये १०१ जनाको आँखामा भएको मोतियाबिन्दुको शल्यक्रिया भएको हो ।

tiropati

भजनीस्थित आँखा उपचार केन्द्रमा आँखा जचाउन आउने मानिसलाई आँखाको शल्यक्रिया गर्नुपर्ने सुझाव दिए पनि आर्थिक अभावका कारण उपचार नगराएकाले उपचार शिविर राखिएको गेटा आँखा बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले जानकारी दिए ।

नाम दर्ताको २० रुपियाँ मात्र तिरेर निःशुल्क शल्यक्रिया, औषधी, चश्मा प्राप्त गर्नु स्थानीयका लागि ठूलो सहयोग भएको ७२ वर्षकी आमाको आँखाको शल्यक्रिया गराउनुभएका कैलाश विश्वकर्माले बताए । भजनी वर्षेनी बाढीबाट प्रभावित हुने क्षेत्र भएकाले यहाँका बासिन्दाको आर्थिक अवस्था कमजोर छ ।

शल्यक्रिया गर्नुपर्ने भनिएका व्यक्तिहरुले समयमा उपचार नगरेको पाइएकाले उपचार टोलीको खर्च व्यहोर्ने गरी शिविर माग गरिएको भजनी नगरपालिकको स्वास्थ्य शाखा प्रमुख कैलाश डगौरा थारुले बताए ।

bhariv
Leave A Reply

Your email address will not be published.